मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कबिराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र महासचिवमा प्रकाश धिमाल सर्वसहमत चयन भएका छन् ।
त्यसैगरी सचिवमा अनिल धिमाल, कोषाध्यक्षमा गणेश धिमाल, सदस्यहरुमा भगतराम धिमाल, हरिलाला धिमाल, दिलबहादुर धिमाल, टिकाराम धिमाल, बिनोद धिमाल, सन्तोष धिमाल, वृषजंङ्ग धिमाल, हरि धिमाल, दिनेश धिमाल, आशबहादुर धिमाल र कुमारी धिमाल चयन भएका छन् ।
भेलाले सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश धिमालको साथै नगेन्द्र धिमाल, भिष्म धिमाल, सुर्यबहादुर धिमाल, रवनबहादुर धिमाललाई भेलाले चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय