उर्लाबारी । मैथिली सेवा समाज समिति उर्लाबारीले छैठ पर्वलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँग छलफल गरेको छ ।
उर्लाबारीको मावा, मंगलबारेको सोल्टी, दुर्गापुरीको रातेहोली र मिक्लाजुङको मधुमल्लामा हुने छैठ पर्वलाई ब्यवस्थित बनाउन सरोकारवालाहरुसँग छलफल गरेको हो । उर्लाबारी–७ स्थित संस्थाको कार्यालयमा आयोजना गरेको छलफलमा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनाकुमारी खतिवडा पौडेल, उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, सामाजिक अगुवा, राजनीति दलका प्रतिनिधि, प्रहरी प्रशासनका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले चाडपर्व कुनै अप्रिय घटना हुन नदिने प्रहरी सक्रियपूर्वक लागि परेको उल्लेख गर्नुभयो । छैठ पर्वलाई पनि कुनै घटना हुन नदिन प्रहरी प्रशासन गम्भिरतापूर्वक लागि पर्ने उहाँले बताउनुभयो । प्रहरीसँग समाजका अगुवाहरुले पनि शान्ति सुरक्षा दर्बिलो बनाउन भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
सामाजिक अगुवा जयधर्म आचार्यले छैठ पर्व सबैको साझा पर्वको रुपमा विकसित हुँदै गएकाले यसलाई थप ब्यवस्थित बनाउन जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । चाडपर्व सद्भावको पर्व बन्नु पर्ने उहाँको भनाई छ । अर्का सामाजिक अगुवा तेजकुमार रिजाल, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, नेकपा एकीकृत समाजवादीका उर्लाबारी अध्यक्ष डिबी थापा, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, जनता समाजवादी पार्टी उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, नेपाली कांग्रेस उर्लाबारीका सचिब दिपक भट्टराईलगायतले छैठ पर्वलाई शान्तिपूर्वक रुपमा सम्पन्न गर्नका लागि सबै जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम समाजका अध्यक्ष पवन चौधरीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय