आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटको समूह ‘ए’मा नेपालले लगातार दोस्रो जित निकाली सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘बी’को दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी मलेसियालाई ६ विकेटले हराएको हो।

त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रनको लक्ष्य बनाएको थियो। नेपालले इनिङ्सको १८ ओभरमा चार विकेटको नोक्सानीमा एक सय ६६ रन बनाउँदै लगातार दोस्रो जित निकाल्यो।

नेपालले १२ बलअघि नै जित हात पारेको हो। समूह ‘ए’मा नेपाल र ओमानले समान दुई खेलबाट चार अंक बटुलेका छन्। रनरेटमा नेपाल शीर्ष स्थानमा रहेको हो।

नेपालको जितमा सन्दीप जोहोराले विजयी रन बटुले। नेपालका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट योगदान दिए। बायाँहाते ब्याट्सम्यान कुशल मल्लले तेस्रो अन्तर्राष्ट्रिय टी–२० अर्धशतकीय योगदान दिए। उनले ३४ बलमा ६५ रन बटुले । उनले सात चौका र दुई छक्का प्रहार गरे।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रन जोडे। भुर्तेलले २५ बलमा समान चार चौका र छक्का प्रहार गरी ४३ रन बनाए। आसिफले २३ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३२ रन बटुल्न सफल भए। सन्दीप जोहोरा १८ रनमा नटआउट रहे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय