उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–३ मा रहेको निसेलुङ भ्यूटावर र फन पार्कको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गर्नुभएको छ ।
आइतबार मन्त्री लिम्बूले उद्घाटन गर्दै मिक्लाजुङ पर्यटकका लागि उत्कृष्ट गन्तब्य बनेको बताउनुभएको हो निसेलुङ भ्यूटावरसहित १० बर्षका लागि लिजमा लिएर निसेलुङ फर्न पार्क प्रा.लि.ले उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन लागि परेको छ । हालसम्म १ करोडभन्दा बढी लगानी गरिसकेको प्रा.लि. का सञ्चालक इन्द्रमणि भट्टराईले जानकारी दिनुभयो । गायिका सुनिता थेगिमलगायतको सांगितिक प्रस्तुतिसमेत रहेको थियो । नेपालमै पहिलो पटक उल्टो घर निसेलुङमा निर्माण गरिएको उहाँले दाबी गर्नुभयो । त्यसका अलवा यहाँको आकर्षणको रुपमा पिरतिको गाउँ, बाल उद्यानलगायत बन्ने उहाँको भनाई छ । निसेलुङ भ्यूटावरबाट तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिने अर्का सञ्चालक टेकनाथ चापागाई बताउनुहुन्छ । उहाँले सबैलाई एक पटक निसेलुङ फर्न पार्कको अवलोकन गर्न पनि अनुरोध गर्नुभएको छ । फर्न पार्कमा प्रवेश शुल्क १ सय राखिएको उहाँले बताउनुभयो ।
निसेलुङ ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र मादेनले १० बर्षका लागि निसेलुङ फर्न पार्कलाई लिजमा दिएको बताउनुभयो । हालसम्म भ्यूटावर निर्माणमा राज्यको ८० लाख भन्दा बढी खर्च भइसकेको र अब सो फर्न पार्क प्रा.लि. ले लगानी गर्ने जानकारी दिनुभयो । मिक्लाजुङकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लागि परेको उहाँको भनाई छ ।
मिक्लाजुङ–३ मा पर्ने निसेलुङ आन्तरिक र बाह्य पर्यटकहरुको रोजाई बन्नेमा पूर्व सांसद कुलप्रसाद साम्बा कुशलले विश्वास ब्यक्त गर्नुभयो । मिक्लाजुङको पर्यटन विकासमा निसेलुङको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले पनि मिक्लाजुङको पर्यटन विकासमा लागि परेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय