उर्लाबारी । कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ चीन चीन प्रस्थान गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा सांसद चाम्लिङ पनि चीन प्रस्थान गर्नुभएको हो । चिनिया कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ । अध्यक्ष नेपालसहितको टिम यही कात्तिक २८ गते स्वदेश फर्किनेछन् ।























