विराटनगर : कोशी प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलले जाजरकोटका भूकम्पपीडितका निम्ति आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका २९ जना सदस्यले १५ दिनको पारिश्रमिक, नेकपा (एमाले) का प्रदेशसभा सदस्यका तर्फबाट रु पाँच लाख र राप्रपाका छ जनाले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका छन् ।

यसअघि कोशी प्रदेश सरकारले तत्काल राहत स्वरुप रु एक करोडका त्रिपाल, कम्बललगायत सामग्री प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय