उर्लाबारी । मोरङको उर्लाबारीका एक युवाको कतारमा मृत्यु भएको छ ।
कतारको ए.सी. कम्पनिमा सवारी चालकको रुपमा कार्यरत ४७ बर्षीय मणिराज गजमेरको मृत्यु भएको हो । गजमेरको गत कार्तिक १६ गते हृदयघातको कारणले निधन भएको उहाँको परिवारले जनाएको छ । उर्लाबारी—३ मंगलबारे निवासी गजमेर १६ महिनाअघि मात्रै वैदेशीक रोजगारीका लागि कतार पुग्नुभएको थियो ।
उनको धार्मिक संस्कार अनुसार बिहीबार ११ः३० बजे उर्लाबारीस्थित बक्राह घाटमा सदगद गरिने परिवारले जनाएको छ । उहाँ आफ्नो श्रीमतीसहित ५ बर्षीय एक छोरा र ९ वर्षीया एक छोरीसँग मंगलबारे रामनगर चोक पूर्व रिमझिम होटल छेउ बस्दै आएका थिए ।























