उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित स्नेहा ज्वेलर्समा आइतबार राति आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरूको उपचारमा कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको छ ।
उर्लाबारी–७ का दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८ जना घाइते भएका छन् ।
आगोको लप्काले शरीर जलेर गम्भीर घाइते भएकाहरूको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनालाई प्रदेश सरकारको समन्वयमा काठमाडौँ लगिएको छ । मुख्यमन्त्री केदार कार्कीले अस्पतालहरूमा रहेका घाइतेको उपचारमा समस्या हुन नहुनेमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय