उर्लाबारी । मोरङको उर्लाबारी–७ मा आइतबार राति भएको आगलागीका घटनामा घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पु¥याइएको छ ।
१४ जनालाई प्रदेश सरकारको समन्वयमा किर्तिपुर बर्न अस्पताल पु¥याईएको मुख्यमन्त्री केदार कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । उहाँले घाइतेको उपचारसमेत सुरु भइसकेको र प्रदेश सरकार सक्दो सहयोग गर्ने बताउनुभएको छ । डा. शंकर मानको टीम उपचारमा उटिसकेको पीडित परिवारलाई धैर्य गरी उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ ।























