झापा । मोरङको उर्लाबारी ६ सीमाना बस्तीका २३ वर्षीय धिरेन्द्र ढुङ्गेल कानेपोखरी ७ को जङ्गलमा मृत भेटिएका छन् । अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व-पश्चिम राजमार्गको कानेपोखरी चौकबाट केही पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत भेटिएका हुन् । मृत्युको कारण खुलेको छैन । सोमबार दिउँसो घरबाट बजारमा काम छ भनी निस्किएका धिरेन्द्र बिहीबार अध्ययनका लागि जापान जाने तयारीमा थिए । साँझ घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय