उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको नमूना बाल गृहमा सामुहिक भाइटिका लगाइएको छ । बाल गृहमा आश्रित बालबालिकाहरुले एकअर्कालाई सामुहिक भाइटिका लगाइदिएका हुन् ।
विहान १०ः५१ को साइतमा बालबालिकाहरुले भाइटिका लगाएका थिए । नेपालभरीका ६९ जना बालबालिकाहरु गृहमा आश्रित रहेका छन् । सहयोगीदाताको भरमा सञ्चालन हुँदै आएको यो बाल गृह नेपालकै उत्कृष्ट रहेको छ । बालगृह सञ्चालनका लागि विभिन्न व्यक्तिबाट सहयोग हुँदै आएको छ । बाल गृहकी अध्यक्ष मिना बरालले भन्नुभयो –‘बालगृह सञ्चालनका लागि व्यक्तिहरूले जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग प्रदान गर्नुहुन्छ । यसैबाट बालगृहको खर्च व्यवस्थापन हुँदै आएको छ ।’























