उर्लाबारी । मोरङको उर्लाबारी–७ मा भएको आगलागी नियन्त्रणको क्रममा घाइते तथा कुरुवाहरुलाई खाना र खाजा खुवाउन नेपाली कांग्रेसका नेता चिरञ्जीबी थापाले सहयोग गर्नुभएको छ ।
घाइते तथा कुरुवाहरुलाई खाना र खाजा खुवाउन नेपाली कांग्रेस महासमिति सदस्य थापाले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । किर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइते तथा कुरुवाहरुलाई खाजा र खाना खुवाइने नेपाली कांग्रेस उर्लाबारीका सचिब राजन रायमाझीले जानकारी दिनुभयो । उर्लाबारी–२ निवासी नेता थापाले घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।























