उर्लाबारी । मोरङको उर्लाबारी–७ का दिपक कार्कीको स्नेहा ज्वलेर्समा आगलागी हुँदा नियन्त्रणको क्रममा घाइते भएका २५ जनाको किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
किर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का घरधनी ६८ बर्षीय रुकुमबहादुर कार्की र सोही वडाका ४२ बर्षीय कुमार तामाङको अवस्था अझै गम्भिर रहेको डाक्टरहरुको भनाई उद्धत गर्दै नेपाली कांग्रेस उर्लाबारीका सचिब राजन रायमाझीले बताउनुभयो । अन्यको भने स्वास्थ्य सुधारउन्मुख रहेको उहाँले जानकारी दिनुभयो । किर्तिपुर बर्न अस्पतालमा २५ जनाको उपचार भइरहेको छ । आगलागीमा परी २८ जना घाइते भएका थिए ।























