उर्लाबारी । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेमध्ये ७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
उपचाररत २५ मध्ये ७ जनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताउनुभएको छ । घाइते ६ जनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ ।
यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् । उर्लाबारी–७ का कुमार तामाङ र तपन पण्डितको ६५ प्रतिशत जलन रहेको छ भने हेमकुमार दाहालको ५६ प्रतिशत, विक्रम साहको ५५ देखि ५८ प्रतिशत, प्रकाश लिम्बूको ४५ देखि ५० प्रतिशत, घरधनी रुकुमबहादुर कार्कीको ४० प्रतिशत जलन रहेको छ । त्यस्तै, शिबकुमार विकको ३३ प्रतिशत जलन रहेको छ । उनीहरु सबैको आईसीयूमा उपचार भइरहेको छ । गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय