माेरङकाे उर्लाबारी-५ मा शुक्रबार साँझ ६:५० बजेको समयमा सिटी सफारी र माेटरसाइकल ठक्कर हुँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । उर्लाबारी नगरपालिका- ५ तरूण चोक स्थित भित्रि सडक खण्डमा पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र बिपरीत दिशा तर्फ आउँदै गरेको प्र १-०२-०५० प ३१२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना परी माेटरसाइकल चालक उर्लाबारी नगरपालिका- ५ बस्ने बर्ष ३० को माैसम भण्डारीकाे मृत्यु भएकाे उर्लाबारी प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले त्तकाल उपचारकाे लागि अरनिको हस्पिटल पुर्याएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नाेबेल हस्पिटल विराटनगर लगिएकाे थियाे । त्यहाँ पुर्याएपछि चिकित्सकले मृत घाेषणा गरेका थिए । भण्डारीकाे टाउको र खुट्टामा चोट लागेकाे थियाे । माेटरसाइकल र सिटी सफारी,सिटी सफारी चालक लाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।























