उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित दिपक कार्कीको स्नेहा सुनचाँदी पसलमा आगलागी हुँदा घाइते भएका उर्लाबारी–७ कै सुवर्णप्रताप मगरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचाररत १६ बर्षीय मगरलाई थप उपचारका लागि काठमाडौ लगिएको हो । साँझ ६ बजेको हवाई उडानमार्फत काठमाडौं लगिएको छ । सुवर्णलाई सौर्य एयरलाइन्सको विमानमार्फत काठमाडौं पठाइएको नगरप्रमुख गंगाप्रसाद खरेलले जानकारी दिनुभयो । विमान स्थलसम्म एम्बुलेन्स र हवाई भाडा नगरपालिकाले ब्यहोर्ने उहाँले बताउनुभयो । ६ नम्बर वडाध्यक्ष चिन्तामणि पौडेलको समन्वयमा मगरलाई काठमाडौं पठाइएको छ ।
गत कार्तिक २६ गते उर्लाबारी–७, इटहरा रोडस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय