उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित मावा खोलामा छठ पर्वको अवसरमा शान्ति सुरक्षा कडा पारिएको छ ।
पूजा स्थल आसपासका क्षेत्रमा सिसी क्यामेरामार्फत निगरानी अघि बढाइएको मैथिली सेवा समाज समिति उर्लाबारीका अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो । घाटहरुमा आउने बर्तालु र भक्तजनको सुरक्षाका लागि र अवान्छित गतिविधि गर्नेहरुलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको उहाँको भनाई छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहित सिसी क्यामेराको माध्यमबाट पुजा स्थललाई सुरक्षित बनाउन लागि परेको उहाँको भनाई छ ।
छठ पर्वकै सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय उर्लाबारीले जिल्ला प्रहरीबाट थप जनशक्ति मगाएर सिभिल र गस्तीमा गरी व्यापक मात्रामा प्रहरी परिचालन गर्ने अन्य सुरक्षा निकायको समेत सहयोग लिने प्रवन्ध मिलाइएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । उर्लाबारीको १ सय ५१ भन्दा बढी घाटको निर्माण गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय