उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उर्लाबारी आगलागी घटनाका घाइतेहरुको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताउनुभएको छ ।
उर्लाबारी–७ स्थित सचिवालयको कार्यालयमा पत्रकारहरुसँग बोल्दै उहाँले घाइतेहरुको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने र उपचारमा कुनै समस्या हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले आगलागीमा परेर घाइते भएकामध्ये ६ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको डाक्टरहरुले बताएको र अन्यको क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिनुभयो । उहाँले गम्भिर घाइतेको थप उपचारका विषयमा पनि सरकार गम्भीर रुपमा लागि परेको बताउनुभयो । मन्त्री लिम्बूले घाइते र आफन्तहरुसँग भेट्नु भएको छ । स्वास्थ्य लाभको कामना गर्दै उहाँले घाइते सबै पूर्ण रुपमा निको हुने विश्वास ब्यक्त गर्नुभयो । घाइतेका आफन्तहरुले उपचार कमी हुन नदिन सरकारले गम्भिर ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
गत कार्तिक २६ गते उर्लाबारी–७, इटहरा रोडस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय