उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी–४ मा बस चालकले चिर्पट प्रहार गर्दा ट्याक्टर चालक घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७७६० नम्बरको बस र उत्तरबाट आई पूर्र्व तर्फ मोडिदै गरेको मे १ त ५८२० नम्बरको ट्याक्टरले बसको पछाडिको भागमा ठक्कर दिएको थियो । बस चालक सुनसरी ईटहरी उपमहानगरपालिका ७ बस्ने बर्ष ३२ को चन्द्र श्रेष्ठ र ट्याक्टरका चालक मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष ३३ को सुरज माझि एकआपसमा बादविवाद भइ झैझगडा गर्दा बस चालकले दाउराको चिरपटले हिर्र्कादा ट्याक्टर चालकको दाहिने हातको नाडिमा चोट लागेको छ । घाइतेको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचार भई रहेको उर्लाबारी प्रहरीले जनाएको छ । बस, चालक र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा लिएको छ ।























