उर्लाबारी । त्रिशक्ति पराजुली ग्यास उद्योगको सिल प्याक सिलिन्डर रित्तो पाइएको छ । त्रिशक्ति पराजुली ग्यास उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिलप्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएको हो ।
उद्योगले बिक्रीका लागि लगेको ग्यास मोरङको उर्लाबारी–७ स्थित कटुवाल होटलकी सञ्चालिका कुमारी कटुवालले खरिद गर्नुभएको थियो । ४ वटा ग्यास खरिद गरिएकोमध्ये १ वटा सिलिन्डर रित्तो भेटिएको उहाँले जानकारी दिनुभयो । १५.४ केजीको सिल प्याक सिलिन्डरमा रित्तो भेटिएको भन्दै उहाँले उपभोक्ताहरुलाई उद्योगले ठगी गरेको भन्दै कार्वाही गर्नु पर्ने माग गर्नुभएको छ । उद्योगको चरम लाहापवाही भएको भन्दै स्थानीय सरोकारवालाहरुले त्रिशक्ति पराजुली ग्यास उद्योगलाई कार्वाही गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय