उर्लाबारी । हत्या भएको १६ वर्षपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
व्यक्तिको हत्या गरेर शवलाई जंगलमा गाडेको घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वषीृय धनकुमार राईलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनालाई गाउँघरमै बसेको अवस्थामा पक्राउ गरिएको हो ।
मिक्लाजुङ–१ ९साविकको रमितेखोला गाविस–४० का ३५ वर्षीय सन्तोष राईको २०६४ जेठ २० गते राति हत्या भएको थियो । सन्तोषको हत्यापछि जंगलमा लगेर शव गाडिएको थियो । सो घटनामा संलग्न दुवैलाई जिल्ला अदालत मोरङले २०६७ सालमा दोषी ठहर गर्दै जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फरार रहेका देवीप्रसाद र धनकुमारलाई पक्राउ गरेर मंगलबार अदालतमा पेस गरिएको डीएसपी दाहालले बताउनुभयो । अदालतले देवीप्रसाद र धनकुमारलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।























