उर्लाबारी । कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङको पहलमा उर्लाबारी–टाँडी सडक खण्डको उर्लाबारी–१ कोपिला चौकको बाहुनी खोलामा वक्स पुल निर्माण सुरु भएको छ ।
उर्लाबारी–१ कोपिला चौकमा रहेको बाहुनी खोलामा वक्स पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय विराटनगरले ठेक्का आब्हान गरेको थियो । महसुद पुरोषेतम जेबी रंगेलीले २ करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम अघि बढाइसकेको छ । असार मसान्तभित्रै काम सम्पन्न गर्ने हिसाबले काम अघि बढाएको ठेकेदार कम्पनीले जनाएको छ ।
प्रदेश सांसद चाम्लिङले उर्लाबारी–टाँडी सडक खण्डमा बाहुनी खोलामा पुल नहुँदा जनताले ठूलो सास्ती खेप्नु परेको र अब त्यो अवस्था अन्त्य हुने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले उर्लाबारी र टाँडीलाई जोड्न उक्त पुल महत्वपूर्ण हुने बताउनुभयो ।
पुल निर्माण सुरु भएपछि स्थानीयबासीको मुहारमा सुशी छाएको छ । बर्षाको समयमा बाहुनी खोलामा आउने बाढीको कारण आवातजावातमा समस्या हुने गरेको स्थानीय फुलमाया राईले बतायनुभयो । पुल बन्ने भएपछि खुशी लागेको बताउँदै उहाँले गुणस्तरीय पुल बनाउन सबैले खबरदारी गर्नु पर्ने बताउनुभयो ।























