उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित दिपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भयो ।
भारत घर भई उर्लाबारी–७ मा बस्दै आएका कालिगढ ४३ बर्षीय तपन पण्डितको मृत्यु भएको हो । घटना हुँदा मध्यम घाइतेको सूचीमा रहेका पण्डितको अवस्था गम्भिर बनेको छ । पण्डितलाई आइसियूमा राखेको उपचार गरिरहेको थियो । मंगलबार पण्डितलाई डाक्टरले मृत घोषणा गरेका थिए । पण्डितको पोष्टमार्टम गरी शव भारततर्फ लगिएको जानकारी प्राप्त भएको छ ।
२४ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार भइरहेको छ । बाँकीको प्लास्टिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ ।
उर्लाबारी–७ का कुमार तामाङ, शिबकुमार विक, विक्रम साह, प्रकाश लिम्बू, रुकुम कार्की, हेमकुमार दाहाल, कविराज दाहाल र राम नरेश मरिताको आइसियुमा राखेर उपचार गरिरहेको छ । गम्भीर घाइते भएकाहरुको उपचारका लागि विदेशबाट आउनु भएकाका डाक्टर र अस्पतालका विशेषज्ञ टोलीले उपचार गरिरहेको नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवी थापाले जानकारी दिनुभयो ।























