उर्लाबारी । मोरङको उर्लाबारी–७ आगलागी घटनामा परी घाईते भएका हेम कुमार दाहाल ( दिपक) को मृत्यु भएको छ ।
काठमाडौंको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४९ बर्षीय दाहालको उपचारको क्रममा मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । अस्पतालको आईसियू कक्षमा उपचाररत दाहालको बुधबार राती १०ः३५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिनुभयो ।
गत कार्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । हाल सो अस्पतालमा २३ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ७ जना उपचाररत रहेको बताईएको छ ।

आगलागीबाट घाइतेको उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु:-
उर्लाबारी ७ बस्ने बर्ष ४९ को हेम कुमार दाहालको (अनुहार घाँटि,छाति,दुबै हात,दुबै खुट्टामा -५६% जलेको)
मिति २०८०।०८।०६ गते बिहानको अं २२:३५ बजे उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय