उर्लाबारी । उर्लाबारी–७ आगलागी घटनामा परी घाईते भएका राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी वडा नं. ७ का सभापति कुमार तामाङको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४२ बर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालको आईसियू कक्षमा उपचाररत दाहालको बिहिबार विहान ६ः२५ बजे निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । तामाङको निधनसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । हाल सो अस्पतालमा २२ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ६ जना उपचाररत रहेको बताईएको छ ।

आगलागिबाट घाईतेको उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु :-

उर्लाबारी -७ बस्ने बर्ष ४२ को कुमार तामाङको (अनुहार,घाँटि,छाति,पेट,दुबै हात,दुबै खुट्टामा ६५% जलेको) मिति २०८०।०८।०७ गते बिहानको अं ०६:२५ बजे उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय