काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा आउँदै हुनुहुन्छ । शनिबार झापामा तय भएको राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ आउन लाग्नुभएको हो ।
बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा आउन लाग्नुभएको छ । यो कार्यक्रमका क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरु जुटेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरिएको छ ।
शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको राप्रपाको भनाइ छ । भोलि ८ हजार मोटरसाइकल ¥याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।























