काठमाडौंर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई घरमै थुनेर सरकारले बेवकुफ बनाउन खोजेको बताएका छन् ।
आज आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाएका हुन् ।
प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र २७ सय जनालाई पक्राउ गरेको बताएका छन् ।
प्रसाईंले भोलि पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आफू पनि सहभागी हुने दाबी गरेका छन् ।























