झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने हुनुभएको छ ।
कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसक्नुभएका छ । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको राप्रपाका प्रदेश सदस्य पूर्ण वाइबाले जानकारी दिनुभयो । उहाँले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गर्नुभयो । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहने दाबी गरेको छ । आज ८ हजार मोटरसाइकल ¥याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय