दिपेन्द्रबहादुर बराईली
झापा । झापाको बिर्तामोडमा रहेको इमक कलेजको उद्घाटन तथा सोही कलेजको प्रांगणमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नुभएको छ ।
पूर्वराजा शाहले पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्नुभएको राप्रपा कोशी प्रदेश सदस्य पूर्ण वाइबाले जानकारी दिनुभयो । पूर्वराजाका सर्मथकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट हजारौंको सहभागिता रहेको उहाँले बताउनुभयो । झापामा पूर्वराजा शाख आएसंगै राप्रपाले विशाल ¥याली निकालेको छ । पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि मेचीनगरबाट र्याली निकालिएको थियो ।























