उर्लाबारी । कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङले उर्लाबारी आगलागी घटनाका गम्भीर घाइतेहरुलाई थप उपचारका लागि भारत लैजान संघीय सरकारलाई आग्रह गर्नुभएको छ ।
शनिबार प्रदेशसभाको शुन्य समयमा बोल्दै सांसद चाम्लिङले सो आग्रह गर्नुभएको हो । उहाँले आगालागीमा परी गम्भीर घाइते बन्नु भएका ४ जनाको मृत्यु भइसकेका कारण थप गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि भारतलगायतका मुलुकमा लगेर उपचार गर्न संघीय सरकारलाई अनुरोध गर्नुभएको छ । उहाँले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै घाइते सम्पूर्णको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय