उर्लाबारी । उर्लाबारी आगलागी घटनामा घाइते भएका तीन जनाको आइसियुमा उपचार भइरहेको छ ।
किर्तिपुर बर्न अस्पतालमा तीन जनाको आइसियु र अन्यको नर्मल वार्डमा उपचार भइरहेको उर्लाबारीका युवा कमल भण्डारीले जानकारी दिनुभयो । गत कार्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । जसमध्ये उर्लाबारी–७ का रुकुमबहादुर कार्की, होमकुमार दाहाल (दिपक), कुमार तामाङ र तपन पण्डितको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय