उर्लाबारी । उर्लाबारी आगलागी घटनामा गरी घाईते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ ।
जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका १ घर भै उर्लाबारी– ७ मा बस्दै आयनुभएका बर्ष ४३ को राम नरेस मरिता (यादब) को १२ देखि १४ प्रतिशत जलेको थियो । किर्तिपुर बर्न अस्पतालको नर्मल वार्डमा उपचारको क्रममा सोमबार राति ११ः३० बजे मृत्यु भएको उर्लाबारीका युवा कमल भण्डारीले जानकारी दिनुभयो । मरिताको अनुहार, घाँटि, ढाड, दुबै हात, दुबै खुट्टामा जलन रहेको थियो । मैथिली सेवा समाज समितिका सचिबसमेत रहनु भएका मरिताको उर्लाबारी–७ मा क्लिनिक रहेको थियो ।
गत कार्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाईते मध्ये हाल सो अस्पतालमा २० जना घाईतेहरु उचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारी का प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । जसमध्ये आईसियू कक्षमा ३ जना उपचाररत रहेको बताईएको छ । यसअघि उपचाररत तपन पण्डित, होमकुमार दाहाल (दिपक), कुमार तामाङ र घरधनी रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय