उर्लाबारीमा कार्तिक २६ गते लक्ष्मीपुजाकाे दिन उर्लाबारी-७ का दिपक कार्कीकाे सुन पसलमा आगलागी भयाे । साेही खबर पाउन साथ आगलागी नियन्त्रणका लागि पुग्नु भएका २८ जना घाइते बन्नु भयाे । जसमध्ये ५ जनाकाे निधन भएकाे छ । याे एकदम दुःखकाे कुरा हाे । काठमाडौंकाे किर्तिपुर बर्न अस्पताल आइसियुमा २ र नर्मल वार्डमा १८ जनाकाे उपचार भइरहेकाे छ । सबै जनाकाे स्वास्थ्य सुधार भइरहेकाे छ । नर्मल वार्डका सबै जना हिँडडुल गर्न थालिसक्नु भएकाे छ । उहाँहरूकाे आत्मबल उच्च रहेकाले चाँडै निकाे हुने चिकित्सकहरूले बताउनु भएकाे छ । उर्लाबारी- २ का नेपाली काँग्रेस महासमिति सदस्य चिरञ्जीवी थापाले घाइते र कुरूवाहरूका लागि खाजा र खानाका लागि ५० हजार रूपैयाँ सहयाेग गर्नु भएकाे थियाे । त्यसकाे केही समयपछि सरकारले नै घाइते र एक जना कुरूवाका लागि खाजा र खानाकाे ब्यवस्था मिलाउँदै आएकाे छ । उर्लाबारी उद्योग बाणिज्य संघ र माेरङ सुनचाँदी संघ उर्लाबारीले पनि घाइते र कुरूवालाई सहयाेग गर्न आर्थिक सहयाेग संकलन गरिरहेका छन् । उर्लाबारी नगरपालिकाले पनि निकै चासाेका साथ घाइतेकाे उपचारमा समन्वय गरिरहेकाे छ भने काेशी प्रदेश र संघीय सरकारले याे घटनाका घाइतेहरूकाे जीवन रक्षाका लागि सहयाेग गरिरहेका छन् । तीनै तहका सरकारबाट ठूलाे साथ र सहयाेग पाएकाे भन्दै घाइतेहरूले सरकारलाई धन्यवाद पनि दिनुभएकाे छ । उर्लाबारी घटेकाे घटनाले सबैलाई दुखी तुल्याएकाे बताउँदै नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवी थापाले सबैले सकेकाे सहयाेग गर्नु पर्ने बताउनुहुन्छ । उहाँले सबै घाइतेहरूकाे स्वास्थ्य लाभकाे कामना पनि गर्नु भएकाे छ । मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै मृत्यु हुनेका परिवारलाई राहत र क्षतिपूर्तिकाे ब्यवस्था मिलाइदिन सरकारसँग अपिल गर्नुभएकाे छ । नेपाली काँग्रेस उर्लाबारीका नगर सचिब राजन रायमाझी, कमल भण्डारी नियमित रूपमा घाइतेहरूकाे उपचारमा समन्वय गरिरहनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय