उर्लबारी । मोरङ्ग सुनचाँदी व्यवसायी संघकाे अगुवाईमा उर्लाबारी आगलागि घटनामा घाईते भएकाहरुको उपचारमा सहयोग एवम् मृतक परिवारलाई राहत वितरण स्वरुप संकलित रकम सार्वजनिक गरिएको छ ।
संघका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले हालसम्म १ लाख १२ हजार ३५ रुपैयाँ रकम संकलन गरिएको जानकारी दिए । उनका अनुसार सो रकम २८ जनै परिवारको बैंक खाता पाउनसाथ विद्युतिय माध्यमबाट सोझै खातामा ट्रान्सफर गरिनेछ ।

यस्तै उनले देशभरिका सुनचाँदी व्यवसायीहरुसँग रकम संकलन गर्ने तयारी गरेको बताउदै थप रकम संकलन गरेर राहत स्वरुप हस्तान्तरण गरिने जानकारी दिए ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी –७ ईटहरा रोडका स्थानिय दिपक कार्कीको घर (स्नेहा ज्वेलर्स)मा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
घाईतेमध्ये ५ जनाको मृत्यु भईसकेको छ भने २० जना काठमान्डौस्थित वर्न अस्पतालमा उपचाररत रहेका छन् । यस्तै २ जना डिस्चार्ज भई घर फर्किएका छन् भने एक जना भारतमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय