उर्लाबारी । उर्लाबारी घटेकाे घटनाले सबैलाई दुखी तुल्याएकाे बताउँदै नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवी थापाले सबैले सकेकाे सहयाेग गर्नु पर्ने बताउनुहुन्छ । उहाँले सबै घाइतेहरूकाे स्वास्थ्य लाभकाे कामना पनि गर्नु भएकाे छ । मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै मृत्यु हुनेका परिवारलाई राहत र क्षतिपूर्तिकाे ब्यवस्था मिलाइदिन सरकारसँग अपिल गर्नुभएकाे छ । घाइतेकाे उपचारमा तिनै तहका सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे उहाँले बताउनुभयाे । उर्लाबारी- २ क थापाले घाइते र कुरूवाहरूका लागि खाजा र खानाका लागि ५० हजार रूपैयाँ सहयाेग गर्नु भएकाे थियाे । त्यसकाे केही समयपछि सरकारले नै घाइते र एक जना कुरूवाका लागि खाजा र खानाकाे ब्यवस्था मिलाउँदै आएकाे छ । उर्लाबारी उद्योग बाणिज्य संघ र माेरङ सुनचाँदी संघ उर्लाबारीले पनि घाइते र कुरूवालाई सहयाेग गर्न आर्थिक सहयाेग संकलन गरिरहेका छन् । उर्लाबारी नगरपालिकाले पनि निकै चासाेका साथ घाइतेकाे उपचारमा समन्वय गरिरहेकाे छ भने काेशी प्रदेश र संघीय सरकारले याे घटनाका घाइतेहरूकाे जीवन रक्षाका लागि सहयाेग गरिरहेका छन् । तीनै तहका सरकारबाट ठूलाे साथ र सहयाेग पाएकाे भन्दै घाइतेहरूले सरकारलाई धन्यवाद पनि दिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय