उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले उर्लाबारी–७ स्थित दिपक कार्कीको स्नेहा ज्वेलर्समा भएको आगलागी हुँदा ज्यान गुमाएका र घाइतेहरुको परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
शनिबार बसेको बैठकले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सदस्य नुतन राईले जानकारी दिनुभयो । कार्तिक २६ गते लक्ष्मी पुजाको दिन भएको आगलागी घटनामा परी २८ जना घाइते भएका थिए । ५ जनाको मृत्यु भएको थियो भने २० जनाको काठमाडौंस्थित किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय