उर्लाबारी । उर्लाबारी आगलागी घटनामा परी घाईते बनेका २ जनालाई मंगलबार बिहान डिस्चार्ज गरिएको छ ।
काठमाडौंस्थित किर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४० बर्षीय लालबहादुर लिम्बू (सानु) र सोही वडाका १५ बर्षीय करण संग्रौलालाई डिस्चार्ज गरिएको हो । दुबैको हात, खुट्टालगायतमा जलन रहेको थियो । २१ दिन उपचार पश्चात २ जनालाई अस्पतालले डिस्चार्ज गरेको उपचारका लागि समन्वय गरिरहनु भएका नेपाली कांग्रेस उर्लाबारीका सचिब राजन रायमाझीले जानकारी दिनुभयो । थप अन्य केहीको पनि आजै डिस्चार्ज हुने उहाँले जानकारी दिनुभयो ।
गत कार्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाईते बनेकामध्ये उपचारकै क्रममा ५ जनाको निधन भएको थियो भने हाल सो अस्पतालमा १८ जना घाईतेहरु उचाररत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय