काेशी प्रदेशसभा सदस्य शाेभा पालुङ्वा चेम्जाेङले उर्लाबारी आगलागी घटनाका घाइतेहरूलाई काठमाडौंस्थित किर्तिपुर बर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएकाे छ ।
कार्तिक २६ गते उर्लाबारी-७ स्थित दिपक कार्कीकाे स्नेहा ज्वेलर्समा आगलागी भएपछि नियन्त्रणका लागि पुगेका ४ प्रहरीसहित २८ जना घाइते हुनुभएकाे थियाे । सांसद चेम्जोङ अस्पताल पुगेर घाइतेहरूकाे स्वास्थ्य बारेमा जानकारी लिनुकाे साथै प्रदेश सरकारबाट सक्दाे सहयाेग गराउन पहलकदमी लिने बताउनुभएकाे छ । उहाँले व्यक्तिगततर्फबाट अस्पतालमा रहनु भएका सबैलाई कम्बल वितरण गर्नुभएकाे छ । उहाँले प्रदेशसभा बैठकमा समेत पटक पटक घाइतेहरूकाे उपचार र मृतकलाई क्षतिपूर्तिका लागि सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे थियाे । किर्तिपुरमा उपचाररतमध्ये ८ जनाकाे मंगलबार डिस्चार्ज भएकाे छ भने १२ जना उपचाररत रहनुभएकाे छ । ५ जनाकाे भने उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।























