दिपेन्द्रबहादुर बराईली

उर्लाबारी । विशेष गरी जाडो मौसमको समयलाई मध्यनजर गर्दै पारिवारिक भेटघाटदेखि, बसौंदेखि छुटिएका साथीभाई भेटघाट, स्कुल कलेज विद्यार्थी, संघ संस्था, कार्यालयका कर्मचारीलगायत अन्य सम्मको भेटघाटलाई थप रोचक र स्मरणीय बनाउनका निम्ति विभिन्न रमणीय स्थलका पर्यटकिय क्षेत्रमा वनभोज जाने प्रचलन स्थापित हुँदै आएको छ ।
त्यस्तै, मोरङको उर्लाबारी–२ मा रहेको बाँसेचौरी सिमसार तथा पर्यटन क्षेत्रमा वनभोजका लागि आन्तरिक तथा बाहिरी पर्यटनको उपयुक्त गन्तव्य बन्दै गएको छ । पूर्व पश्चिम छोड्ने महेन्द्र राजमार्गदेखि करिब १ किलो मिटर भित्र पर्ने उक्त स्थानको मुख्य विषेशता भनेको नै प्राकृतिक वातावरण, शान्त हरियाली घाँसे मैदान हो ।
उक्त दृश्यले त्यहाँ पुग्ने तमाम पर्यटकहरुको ध्यान खिच्ने गरेको छ । घुम्न आएका पर्यटन लागि थप सहजीकरणका निम्ति अहिले सार्वजनिक शौचालय, धारा, बिजुली बत्ति, वनभोजका निम्ति ८ आठ वटा टहरा, ५ पाँच वटा फलैचा, आवतजावतकामा सहजीकरणका लागि बाटो मर्मत, वरिपरि घेराबारादेखि रुखमा रङ्रोगनजस्ता कार्यहरु वडाको सहयोगमा निर्माण गरिएको छ । सुनझोडा सामुदायिक वन उपभोक्ता समितिको मातहत मा रहेको उक्त क्षेत्रलाई थप बिकास गर्नका लागि स्थानीय जनप्रतिनिधिहरुको पनि चासो बढ्न थालेको छ ।
आगामी आर्थिक बर्ष २०८०। ०८१ मा स्वागत गेट, थप शौचालय, वनभोज स्थल जस्ता अन्य आवश्यक भौतिक संरचनाहरुका निम्ति बजेट छुट्याइएको वडाअध्यक्ष राजन कुमार कडेलले जानकारी दिनुभयो ।

सुनझोडा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष जुट बहादुर धिमालका अनुसार त्यस क्षेत्रमा होटल खाजाघर संचालन गर्दैं आएका व्यवसायीहरुबाट जेठ महिनादेखि प्रत्येक दिन एक सय रुपैयाँका दरले उठाउन थालिएको छ । उक्त रकमबाट नै खानेपानी, बिजुली बत्तीको विल भरपाई गर्दै आइएको छ । बचेको रकम उपभोक्ता समितिको कोषमा जम्मा गरेर विकासका निम्ति प्रयोग गर्ने योजना रहेको छ । वन उपभोक्ता समितिका अध्यक्ष बलराम धिमालले उक्त पर्यटकीय क्षेत्र प्रवद्र्धनका निम्ति यो सिजनमा वनभोजका लागि बाहिरी तथा आन्तरिक पर्यटनको संख्या बढ्ने आंकलन रहेको बताउनुभयो । साथै सम्पूर्णलाई स्थानीय ठाउँलाई प्रोत्साहन गर्न र बिकासमा टेवा पुराउन अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय