उर्लाबारी । उर्लाबारी बसपार्कको कम्पाउण्ड वाल भत्काउने उर्लाबारी–५ का बालकृष्ण कार्कीलाई पक्राउ गरी कार्वाही गरिने भएको छ ।
सार्वजनिक सम्पतिमा क्षति पु¥याएको भन्दै कार्कीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तयारी गरिएको हो । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले सार्वजनिक सम्पतिमा क्षति पु¥याउनेलाई कानुन बमोजिम कार्वाही गर्न प्रहरीलाई अनुरोध गरिसकेको बताउनुभयो । कसैलाई पनि कानुनी विपरीत काम गर्ने अधिकार नभएकाले बस पार्कको वाल भत्काउनेलाई तत्काल पक्राउ गरी कार्वाही गरिने उहाँको भनाई छ ।
त्यस्तै, उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले पटक पटक स्थानीय तहलाई चुनौति दिनु भएकाले तत्काल कार्वाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो । बस पार्कले आफ्नो जग्गा घेराबारा गरेको र बस पार्कसँग कुनै साइनो नभएका ब्यक्तिले वाल भत्काउने कार्य खेदजनक भएको उहाँको भनाई छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, उर्लाबारी–१ का वडाध्यक्ष तिलककुमार पाण्डे, वडा नं. ४ का वडाध्यक्ष कल्याण राई, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दास, सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका प्रमुख, संचारकर्मीलगायतको उपस्थितिमा तत्काल बस पार्कको वाल भत्काउनेलाई कानुनी दायरामा ल्याउने र क्षतिको मूल्यांकन गरी विगो तिराउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय