उर्लाबारी । नेपालकै नमूना बाल गृहको रुपमा मोरङको उर्लाबारी–७ मा रहेको नमूना बाल गृहको २५ औं बार्षिक साधारणसभाले पुनः मिनादेवी बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
गृहको उपाध्यक्षमा भागिरथा अधिकारी, सचिबमा खगेन्द्रप्रसाद गुरागाई, सह–सचिबमा बिमल थापा र कोषाध्यक्षमा दुर्गावती लिम्बू रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा हिरादेवी राई, गीता खतिवडा, प्रलाद थापा र पून्यप्रसाद पौडेल रहनुभएको छ ।
त्यस्तै, जयधर्म आचार्यको संयोजकत्वमा २६ सदस्य सल्लाहकार समिति पनि चयन गरिएको छ । त्यस्तै, बाल संरक्षण उपसमितिमा गीता खतिवडा, आर्थिक उपसमितिमा यमुना राई, स्वास्थ्य सरसफाई उपसमितिमा बालचन्द्र सुब्बा, शिक्षा तथा खेलकुद उपसमितिमा सरोज बस्नेत, आर्थिक संकलन तथा भौतिक संरचना उपसमितिमा प्रलाद थापा, खाना परियोजना उपसमितिमा तेजबहादुर घिमिरे जीवनलाई संयोजक तोकिएको शिक्षा तथा खेलकुद उपसमिति सदस्य टिका सिम्खडाले जानकारी दिनुभयो ।
साधारणसभामा कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा, उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापा, सल्लाहकार संयोजक जयधर्म आचार्य, रुद्रबहादुर तामाङलगायतले बोल्नुभएको थियो । बाल गृहमा ६८ जना बालबालिकाहरु आश्रित रहेका छन् ।























