उर्लाबारी । उर्लाबारी–६ स्थित बस पार्कको कम्पाउण्ड वाल भत्काउने उर्लाबारी–५ का बालकृष्ण कार्कीले १५ दिनभित्र वाल पुननिर्माण गरिदिने भएका छन् ।
बुधबार कार्कीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा झिकाएको थियो । सो क्रममा कार्कीले १५ दिनभित्र वाल निर्माण गरिदिने सहमति गरेपछि थप कार्वाही प्रक्रिया अघि नबढाइएको प्रहरी स्रोतले जनाएको छ । उर्लाबारी नगरपालिकाले पत्र पठाउँदै कार्कीलाई पक्राउ गरी कानुन बमोजिम प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुरोध गरेको थियो । सोही अनुसार कार्कीलाई प्रहरी कार्यालय झिकाइएको थियो । सो क्रममा कार्कीले गल्ती स्वीकार गर्दै १५ दिनभित्र पुननिर्माण गरिदिने सहमति भएपछि उनी छुटेका छन् । उनले १५ दिनभित्र वाल निर्माण सम्पन्न नगरे कानुनी बमोजिम कार्वाही बढाउने प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय