उर्लाबारी । कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलकी सचेतक शोभा चेम्जोङ पालुङ्वाले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्ने बताउनुभयो ।
मोरङको उर्लाबारीमा शनिबार मनमोहन प्राविधिक विश्वविद्यालय बुढिगंगाको आयोजना तथा ब्रहाकुमारी राजयोग सेवा केन्द्र उर्लाबारी–५को संयोजनमा भएको योग प्रशिक्षक तालिममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको उहाँको भनाई छ । स्वस्थ समाज र देश निर्माण गर्न योग शिक्षाको आवश्यकता रहेको र त्यसलाई प्रभावकारी कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

May be an image of 3 people and people performing martial arts

बढ्दो आधुनिकरण, अस्तव्यस्त जीवन शैली, हावा पानी तथा वातावरणमा भइरहेको प्रदुषण, अस्वस्थकर खानपान, अस्वस्थ प्रतिष्पर्धा जस्ता विषयवस्तुको कारण मानिसहरु रोगी बन्दै गएकाले तनाव, दवाव र प्रभावबाट मुक्त गरी स्वस्थ जीवन यापनका लागि योग जरुरी रहेको उहाँको भनाई छ । योग रोगलाई टाढै राख्ने र तनमनलाई शान्त बनाउने अमृत रुपी विज्ञान भएकोले सबै नागरिकहरुले दैनिक रुपमा योग अभ्यास गर्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । स्वस्थ समाज र देश निर्माणमा सबैले योगदान गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनाकुमारी खतिवडा पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रममा योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

May be an image of 8 people and dais

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय