
उर्लाबारी । कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलकी सचेतक शोभा चेम्जोङ पालुङ्वाले खेलकुदले सामाजिक विकास तथा शान्तिका लागि ठूलो भूमिका खेलेको बताउनुभयो ।
मोरङको मिक्लाजुङ–३ मा शनिबारबाट सुरु भएको प्रथम सुन्दरीचौक नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । खेलकुद क्षेत्रको विकासमा आफ्नोतर्फबाट साथ र सहयोग रहने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी तीनै तहका सरकारहरुले सकारात्मक भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो । खेलको माध्यमद्वारा सबैलाई एकढिक्का बनाएर शैक्षिक, सामाजिक, वातावरण र सुरक्षाका बारेमा जानकारी दिन सकिने बताउँदै उहाँले भन्नुभयो–‘ खेलकुदले विकास गर्छ र विकासले आर्थिक सम्मुन्नति अग्रसर गराउँछ, नयाँ रोजगारी सिर्जना हुन्छ, ब्यापार बढ्छ ।’ खेलकुद क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्रहरु र सबैजनाले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेललगायतले बोल्नुभएको थियो ।