
मोरङ, मोरङको विराटनगर महानगरपालिका-३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जेष्ठ ४ गते विहानको राती प्रदेश १-०२-०५०प ९७९६ नम्वरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटर चालक बिराटनगर-८ का ५५ बर्षीय मो.अब्दुल कलाम घाईते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।