झापा, ४ जेठ । शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेका एक किशोर २४ घण्टा लामो समयदेखि बेपत्ता भएका छन् । झिलझिले माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइँटेल आइतबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिबार काँकरभिट्टा गएका थिए । पुष्पाले भनिन् ‘शनिबार भएकाले उ स्कूल गएको थिएन । भाइलाई एक्लै घरमा छोड्न भन्दा पनि आफैँसँग लैजान महिले उचिन ठाने । हामी दुवै जना आफन्त भेट्न काकडभिट्टाको बर्मेली टोल गएका थियौँ । घरायसी सामान किन्न म पानी ट्याङ्की जानुअघि भाइलाई ठुलो मम्मिको घरमै छोडेकी थिएँ । फर्केर आउँदा उनी घरमा थिएनन् ।’

ठूलो मम्मीको अनुसार ‘शौचालय जान्छु भनेर घर बाहिर निस्केका थिए । तर त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएका छैनन्,’ दिदी पुष्पाले भनिन् । वेपत्ता किशोरका परिवार, अन्य आफन्तले चिनजानका ठाउँ र काँकरभिट्टाका गल्ली–गल्लीसम्म खोजी गरे पनि उनी फेला परेका छैनन् । स्थानीय प्रहरीको सहयोगमा सिसी क्यामेराका फुटेजसमेत हेर्यौ तर किशोरको अत्तोपत्तो नभएको खोजिमा संलग्न आफन्तले बताएका छन् ।

बेपत्ता प्रचिनको खोजीमा परिवारले सञ्चारकर्मी, प्रहरी, कानुन व्यवसायी लगायत आम नागरिकसँग सहयोगको अपिल गरेका छन् । किशोर बेखवर भएपछि आफन्तले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय झिलझिलेसमेत लिखित उजुरी दिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले पनि किशोर बेपत्ता भएको पुष्टि गरेको छ । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने, ‘हामीले खबर प्राप्त गरेपछि मातहतका सम्पूर्ण प्रहरी इकाइलाई सूचना पठाएका छौं । यतिबेला खोजी कार्य तीव्र पारिएको छ ।’ आफन्तले पनि कुनै कारणले बेखबर भएको भए प्रचिनलाई घर फर्कन अनुरोध गरेका छन् । किशोरकी आमाको कारोना संक्रमण भएर मृत्यु भएको थियो । बाबु बैदेशिक रोजगारमा छन् । उनी दिदी पुष्पासँग बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय