रबिन्द्र बराल | ईलाका प्रहरी कार्यलय रंगेलीकाे महात्मा रहेकाे रंगेली ९ स्थित ईलाका प्रहरी कार्यालय दाेहमना २०६४ सालमा ईलाकामा स्तनउन्ति भएको दाेहमनाकाे भवन जिर्ण अवस्थामा रहेको छ । बजारकाे मुख्य भागमा रहेको कार्यालयले बिगत ३४ बर्ष देखि त्यस क्षेत्रका जनताकाे जिउधनकाे शान्ति सुरक्षामा अहाेरात्र खटिरहेकाे छ ।

जनताकाे सुरक्षाकाे लागि खटिएको प्रहरी आफैमा असुरक्षित महसुस गरिरहेकाे देखिन्छ । जनताकाे लागि सुरक्षा प्रदान गर्ने प्रहरी नै आरमाका लागि बस्ने घर असुरक्षित भएको महसुस गरिरहेकाे प्रहरी हरु बताउँछन् । पुरानो भवनकाे छत हेर्ने हाे भने कति खेर सुतिरहेको समयमा आफ्नै जिउमा खस्नेहाे भन्ने चिन्तामा बस्नुपर्ने बाध्यता रहेको एक प्रहरीले बताए । केही बाेल्न त मन लाग्छ नि के गराै आज बाेलियाे भने भाेली स्पष्टीकरण दिनु पर्छ हामीलाई समस्या हुन्छ कस्लाई भनाै बिलाैना समेत गरिरहेका छन । ३४ बर्षमा कति नेताका बर्षेपिछे कुर्सी फेरिए उनिहरुका आफ्नत फेरिए तर प्रहरीलाई बस्नका लागि घर फेरिएन सकेको छैन । स्थानीय जय प्रकाश पाेख्रेलले प्रहरीका लागि ३४ बर्ष अगाडि १ कठ्ठा ६ घुर जग्गा दान दिएपछि साेहि ठाउँमा स्थानीय बुद्धिजीवी समाजसेवी हरुले प्रहरीचाैकी निर्माण गरेका थिए । ३४ बर्ष पछि प्रदेश सरकारले ५१ लाखमा प्रहरीको भवन निर्माणकार्यकाे याेजना सुरु गर्ने भएको छ । २०४१ पुस ९ गते स्थानीय गाेपालमान राज भण्डारी द्वारा शिलान्यास गरिएको प्रहरी चाैकी २०४८ चैत्र २० गते उक्त भवनकाे उद्घाटन पुर्व प्रहरी नायव निरिक्षक ध्रुव वहादुर प्रधानले नवनिर्मित भवनकाे उद्घाटन समेत गरेका थिए । ३४ बर्ष बितिसक्दा समेत भवनकाे समय समयमा मर्मत सम्भार नगर्दे अहिले भवन जिर्ण बन्दै गएको छ । प्रहरीले दाेहमना, बनकाेल, फर्सिडागी, बेलचाेक ,दर्वेशा, बटरवारी, बनकाेल सम्मकाे स्थान हरुमा शान्ति सुरक्षाको व्यवस्थापन गरिरहेका छन । बिगतका दिनहरुमा २३ जनाकाे दरवन्दि रहेको भएतापनि अहिले कार्यलयमा असईकाे कमान्डमा ७ जनाले मात्रै शान्ति सुरक्षा दिईरहेका छन । पुरानाे एक तल्ले पक्की भवनकाे छत बर्षाे देखि चर्किएकोछ । सामान्य पानी पर्दा समेत चुहिने र छतबाट पल्सतर झरेर आफैलाई ज्यान जाेखिममा परेर बस्नुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय