ADVERTISEMENT

उर्लाबारी । मोरङको विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष पदमा लालमणी भट्टराई निर्वाचित हुनुभएको छ ।
अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । खानेपानीको वर्तमान अध्यक्ष समेत रहनुभएका राम बहादुर घिमिरे ७३५ मतले पराजित हुनुभयो । उहाँले १ हजार १५४ मत प्राप्त गर्नुभयो । त्यसैगरी अध्यक्षमै दुर्गा चापागाईँले ६३५ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु