काठमाडौं । २०७८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१.२ प्रतिशत रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज प्रतिवेदन सार्वजनिक गर्दै धर्मबारे जानकारी गराएकाे हाे ।

कार्यालयका अनुसार बौद्ध धर्म मान्नेहरू ८.२५ प्रतिशतसहित दोस्रो नम्बरमा छन् भने इस्लाम धर्म मान्नेहरू ५.१५ प्रतिशतसहित तेस्रो नम्बरमा छन् । यसैगरी नेपालमा ३.२ प्रतिशत जनसङ्ख्याले किराँत धर्म, १.८ प्रतिशतले इसाई र ०.३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय