
काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएका काँग्रेस नेता अफताव आलम रिहा भएका छन् ।
उनी नख्खु कारागारबाट रिहा भएका हुनु । आज न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमसहित चारजनालाई सफाइ दिएको हो ।
रौतहट नरसंहारको आरोपमा उनी थुनामा थिए । जिल्ला अदालतको जन्मकैदको फैसला उल्टाउँदै उनलाई उच्चले सफाइ दिएको हो ।